Rishiram Neupane

Poet Rishiram Neupane
स्‍वर्गीय कवि ऋषिराम न्यौपाने

स्‍वर्गीय कवि ऋषिराम न्यौपानेका सन्तान भनेका नै वहाँका सिर्जनाहरू हुन्‌। वहाँ आफ्‍ना सबै सिर्जनाहरू आफ्‍नो जीवनकालमै सबैका सामु प्रस्‍तुत गर्न चाहनुहुन्‍थ्‍यो। वहाँको त्‍यो इच्‍छा अपुरो नै रहन गएको थियो। हामीले वहाँका सबै कृतिहरु इन्‍टरनेट मार्फत सबैका सामु प्रस्‍तुत गर्ने प्रयासको थालनी गरेका छौं। वहाँका प्रकाशित तथा अप्रकाशित कृतिहरु कम्‍प्‍युटरमा लिपिबद्ध गर्न तथा अप्रकाशित कृतिहरु पुस्‍तकको रुपमा प्रकाशन गरी सहयोग गर्न इच्‍छुक व्‍यक्ति तथा संघसंस्‍था लाई हार्दिक स्‍वागत गर्दछौं।

जन्‍मी हुर्‍क्‍यौँ जुन जमिनमा माधुरी दृष्‍टि पायौँ पानी मीठो पवन रसिलो स्‍वादिलो घाम पायौँ भाषा पायौँ नव नव कला ज्ञान विज्ञान पायौँ सिङ्‍गो धर्ती, सकल दुनियाँदारको सृष्‍टी पायौँ माया राखी त्‍यस जमिनको अर्चना गर्नु पर्छ धर्तीबाटै अनुभव गरी सिर्जना गर्नु पर्छ

बूढा छोडी शिशु र कलिला बालिकालाई मारी न्‍यायी बन्‍छौ विधुर विधवा माथि अन्‍याय पारी तीता, टर्रा अनि विषमता पूर्ण छन्‌ काम काज तिम्रो पूजा म किन गरूँला ब्‍यर्थमा धर्मराज?

मान्‍छे भन्‍छन् वन वन डढे हेर लाग्‍यो डढेँलो देख्‍तैनन् क्‍वै तर मन डढे वेदनाको डढेँलो

कवि ऋषिराम न्यौपाने – संक्षिप्‍त परिचय

पूरा जीवन परिचय पढ्नुहोस् →

प्रकाशित कृतिहरू

स्वदेश तथा विदेशका विभिन्न पत्र पत्रिकामा कविता, कथा तथा लेखहरू प्रकाशित।

अप्रकाशित कृतिहरू

महाकाव्य: कविता, परिवर्तन, रातो मान्छे
कविता संग्रह: खुल्ला पत्र, जनताको आवाज, कविताको टङ्कार, झ्‍याउरेको झङ्कार