• Skip to primary navigation
  • Skip to main content
  • Skip to primary sidebar

rishiram.org.np

Poet Rishiram Neupane, Nepali Language and Literature

कवि ऋषिराम न्यौपाने
  • Home
  • Nepali Resources
    • About Nepal
    • Nepali Language
    • Nepali Literature
  • Contact

Rishiram Neupane

Poet Rishiram Neupaneस्‍वर्गीय कवि ऋषिराम न्यौपानेका सन्तान भनेका नै वहाँका सिर्जनाहरू हुन्‌। वहाँ आफ्‍ना सबै सिर्जनाहरू आफ्‍नो जीवनकालमै सबैका सामु प्रस्‍तुत गर्न चाहनुहुन्‍थ्‍यो। वहाँको त्‍यो इच्‍छा अपुरो नै रहन गएको थियो। हामीले वहाँका सबै कृतिहरु इन्‍टरनेट मार्फत सबैका सामु प्रस्‍तुत गर्ने प्रयासको थालनी गरेका छौं। वहाँका प्रकाशित तथा अप्रकाशित कृतिहरु कम्‍प्‍युटरमा लिपिबद्ध गर्न तथा अप्रकाशित कृतिहरु पुस्‍तकको रुपमा प्रकाशन गरी सहयोग गर्न इच्‍छुक व्‍यक्ति तथा संघसंस्‍था लाई हार्दिक स्‍वागत गर्दछौं।

“जन्‍मी हुर्‍क्‍यौँ जुन जमिनमा माधुरी दृष्‍टि पायौँ
पानी मीठो पवन रसिलो स्‍वादिलो घाम पायौँ
भाषा पायौँ नव नव कला ज्ञान विज्ञान पायौँ
सिङ्‍गो धर्ती, सकल दुनियाँदारको सृष्‍टी पायौँ
माया राखी त्‍यस जमिनको अर्चना गर्नु पर्छ
धर्तीबाटै अनुभव गरी सिर्जना गर्नु पर्छ”

“बूढा छोडी शिशु र कलिला बालिकालाई मारी
न्‍यायी बन्‍छौ विधुर विधवा माथि अन्‍याय पारी
तीता, टर्रा अनि विषमता पूर्ण छन्‌ काम काज
तिम्रो पूजा म किन गरूँला ब्‍यर्थमा धर्मराज?”

“मान्‍छे भन्‍छन् वन वन डढे हेर लाग्‍यो डढेँलो
देख्‍तैनन् क्‍वै तर मन डढे वेदनाको डढेँलो”


कवि ऋषिराम न्यौपाने – संक्षिप्‍त परिचय

प्रकाशित कृतिहरूः

महाकाव्य: पुष्पाञ्जलि (२०५७)
शोक काव्य: विजयश्री (२०४३)
खण्डकाव्य: बसन्त र विरही (२०३४), प्रियतम (२०३६), अमरभावना (२०४१), परिणाम (२०४२), आत्मबोध (२०४४), अमरशुक्र (२०४६), मुक्तिका मुटु (२०५०), लाली (२०५३), विजयका बासुरी (२०५३)
कविता संग्रह: सपनाको सुसेली (२०४०)
स्वदेश तथा विदेशका विभिन्न पत्र पत्रिकामा कविता, कथा तथा लेखहरू प्रकाशित

अप्रकाशित कृतिहरूः

महाकाव्य: कविता, परिवर्तन, रातो मान्छे
कविता संग्रह: खुल्ला पत्र, जनताको आवाज, कविताको टङ्कार, झ्‍याउरेको झङ्कार

पुरस्कार/ सम्मानः

क) विजयश्री २०४३ (ने.सा.स. विराटनगर)
ख) सेवा पदक २०५० (सेवा पुरस्कार समिति, ललितपुर)
ग) साहित्य सन्ध्या २०५३ (साहित्यसन्ध्या परिवार, काठमाण्डौं)
घ) अभिनन्दन २०५३ (बज्रबाराही साहित्य समूह, चापागाउँ)
ङ) सम्मान २०५७ (पुष्पलाल स्मृति प्रतिष्ठान, काठमाण्डौं)

संलग्नता:

क) पूर्व मन्त्री संस्कृत छात्रसंघ नेपाल
ख) पूर्व जयतु संस्कृतम् (मासिक) सिंहनाद (द्वैमासिक) सँग सम्बद्ध
ग) तत्कालीन बारा साहित्य समिति र प्रतिनिधि पत्रिकाको सल्लाहकार
घ) उज्जवल पुस्तकालय (डाँडा गाउँ) को सल्लाहकार
ङ) मार्क्सबादी अध्ययन केन्द्र (चापागाउँ) सल्लाहकार
च) रा.ज.सां. मञ्च (ललितपुर) पूर्व सल्लाहकार
छ) नेपाली साहित्य समिति (विराटनगर) आजीवन सदस्य
ज) देवकोटा स्मृति सभा (कलैया) पूर्व महासचिव र आजीवन संरक्षक
झ) पेरोल साहित्य प्रतिष्ठान नेपाल (काठमाण्डौं) संस्थापक सल्लाहकार

व्यक्तिगत विवरण:

पिता: टीकाराम न्यौपाने
माता: रुद्रभागा न्यौपाने
पत्‍नी: जानकी न्यौपाने
सन्तान: छोरा – केदार नाथ न्यौपाने, केशव न्यौपाने
छोरी – गीता पोख्रेल, रीता नेपाल
छोरा, छोरीतिरका गरी नाती नातिना – नौ जना
जन्म: वि.सं. १९९५ जेठ ३ गते सोमबार
देहावसान: वि.सं. २०६० माघ ७ गते बुधबार
जन्मस्थान: चापागाउँ ७ ललितपुर, नेपाल
स्थायी ठेगाना: चापागाउँ ८ ललितपुर, नेपाल
शिक्षा: शास्त्री
पेशा: सेवानिवृत (राजपत्राङ्कित द्धितीय श्रेणी प्रशासन सेवाबाट

Primary Sidebar

कवि ऋषिराम न्यौपाने

संक्षिप्‍त परिचय
महाकाव्य:
पुष्पाञ्जलि (२०५७)
शोक काव्य:
विजयश्री (२०४३)
खण्डकाव्य:
विजयका बाँसुरी (२०५३)
लाली (२०५३)
मुक्तिका मुटु (२०५०)
अमरशुक्र (२०४६)
आत्मबोध (२०४४)
परिणाम (२०४२)
अमरभावना (२०४१)
प्रियतम (२०३६)
बसन्त र विरही (२०३४)
कविता संग्रह:
सपनाको सुसेली (२०४०)

कवि रामकृष्ण शर्मा चेतन

कवि रामकृष्ण शर्मा चेतन को तत्वानुसन्धान

Copyright ©2023 · rishiram.org.np · All Rights Reserved ·

Copyright © 2023 · SKThemeG on Genesis Framework · WordPress · Log in